शिखर पावर डेभलपमेन्टको करिब १० लाख कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाण्डौ।शिखर पावर डेभलपमेन्ट लि.ले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य रु. १००।– दरको ९ लाख ९२ हजार ५८० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लि. लाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । हिजो सोमबार ग्लोबल आइएमई क्यापीटलको केन्द्रीय...